२०८३ भाद्र ११ गते , विहीबार

झापाका चार पालिकामा भोलि सार्वजनिक बिदा

sajilo news
पार्थ मण्डल
२०७९ कार्तिक १७ गते , विहीबार
झापाका चार पालिकामा भोलि सार्वजनिक बिदा

झापा । झापाका चार पालिकाले भोलि शुक्रबार स्थानीय सार्वजनिक बिदा दिएका छन् ।  आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वको अवसरमा भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका र कचनकवल गाउँपालिकाले शुक्रबार स्थानीय सार्वजनिक बिदा दिएको हो । 
चार वटै पालिकाले बिहीबार सूचना प्रकाशन गरी बिदाको बारेमा जानकारी गराएको हो । बिदामा नगरपालिका र नगरपालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख छ ।  
हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठुलो एवं महत्त्वपूर्ण एकादशी हो । 
त्यसैले यसलाई ठुलो एकादशी पनि भनिन्छ । हिन्दु धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसै कारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ ।

सम्बन्धित समाचार