२०८३ भाद्र १० गते , बुधबार

छठमा छुरा प्रहार गरी दमकका दियुस श्रेष्ठको हत्या, पाँच किशोर पक्राउ 

sajilo news
मोरङ
२०७९ कार्तिक १४ गते , सोमबार
छठमा छुरा प्रहार गरी दमकका दियुस श्रेष्ठको हत्या, पाँच किशोर पक्राउ 

मोरङको उर्लाबारीमा छुरा प्रहार गरेर बालकको हत्या गरेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जना किशोरलाई पक्राउ गरेको छ।  उर्लाबारी नगरपालिका-७ मावा खोलामा छठ हेर्न पुगेका बेला झापाको दमक नगरपालिका १० का १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको थियो। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार पक्राउ परेका सबै १८ वर्ष मुनिका छन्। 

उर्लाबारी-६ र ७ का ५ जना किशोर मिलेर आइतबार राति १०स्२५ बजेतिर दियुसलाई छुरा प्रहार गरेको श्रेष्ठले बताए।  उनका अनुसार बायाँ कोखादेखि तलको भागमा छुरा प्रहार गरिएका दियुसको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा सोमबार बिहान ४स्५० बजेतिर मृत्यु भएको हो। 

घटनापछि पाँचै जना नै फरार बनेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त टोलीले हत्यामा प्रयोग गरिएको छुरासहित उनीहरूलाई उर्लाबारीबाटै पक्राउ गरेको हो। 

हत्या गरिएका दियुस र हत्यामा संलग्नबीच विगतमा पनि झैझगडा हुने गरेको अनुसन्धानबाट खुलेको छ।  पुरानो रिसिबीकै कारण दियुसको हत्या भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ। अन्नपूर्णबाट

सम्बन्धित समाचार