२०८३ भाद्र १० गते , बुधबार
बिर्तामोडको प्रसाईँ मार्केट आगलागी
बिर्तामोड । बिर्तामोडको प्रसाईँ मार्केटमा आज बिहान आगलागी भएको छ । मार्केटमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । मार्केटको भुइँतलामा रहेको रोशन विष्टको माँ पाथीभरा भेराइटिज नामक ब्याग पसलमा विद्युत् सर्ट भएर आगलागी हुँदा सो क्षति भएको हो ।
बिर्तामोड , भद्रपुर र मेचीनगरको दमकल, स्थानीय र प्रहरीको सहयोगमा बिहान सवा १० बजे लागेको आगो ११ बजेतिर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए ।