२०८३ भाद्र १० गते , बुधबार

हुलबाट छुटेको छावा हात्ती काँकडभिट्टाको मानव बस्ती छिरेपछि....

sajilo news
झापा
२०७९ कार्तिक १३ गते , आईतबार
हुलबाट छुटेको छावा हात्ती काँकडभिट्टाको मानव बस्ती छिरेपछि....

हुलबाट छुटेर एउटा हात्तीको छावा काँकडभिट्टाको मानव बस्तीमा छिरेको छ । काँकडभिट्टाको रमाइलो गाउँमा हात्तीको छावा छिरेको हो ।उक्त हात्तीलाई वन डिभिजन कार्यालयका कर्मचारी र प्रहरीले खेदाएर टोकला चिया बगानमा पुर्‍याउने प्रयास गरिरहेको वन डिभिजन कार्यालयका प्रमुख जीवन पाठकले बताए । सो छावाको माउ मेचीपारि भारतमै रहेको बताइएको छ ।

 बच्चा छोडिसकेपछि माउले त्यसलाई स्वीकार नगर्ने भएपछि अब त्यस छावालाई के गर्ने भनेर वन्यजन्तु विभागसँग सल्लाह गर्न खोजिरहेको पाठकले जानकारी दिए । बिहान ६ बजेतिर माउसँगै रहेको करिब ९ महिनाको छावा त्यसपछि हुलबाट छुटेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

सम्बन्धित समाचार