२०८३ भाद्र १० गते , बुधबार

छठ पर्वका दिन तीन प्रदेशमा पानी पर्ने सम्भावना

sajilo news
झापा
२०७९ कार्तिक १२ गते , शनिबार
छठ पर्वका दिन तीन प्रदेशमा पानी पर्ने सम्भावना

छठ पर्व अर्थात आइतबार दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

तीबाहेक पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  रातिको समयमा प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

सम्बन्धित समाचार