२०८३ भाद्र १० गते , बुधबार
बिर्तामोडमा यात्रुबाहक बसमा आगलागी
बिर्तामोड। झापाको बिर्तामोडमा शनिवार बिहान एक यात्रुवाहक बसमा आगलागी भएको छ । बिर्तामोडको पश्चिम बस स्टेण्डमा मे १ ख ३२७२ नम्बरको सगरमाथा यातायातको बसमा आगलागी भएको हो ।
तार सर्ट भएर आगलागी भएको यात्रुहरूले देखेपछि तत्काल आगो निभाइएको र ठुलो क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए ।