२०८३ भाद्र १० गते , बुधबार

सोमबार पनि सार्वजनिक बिदा, मंगलबारदेखि सरकारी कार्यालय खुल्ने

sajilo news
झापा
२०७९ कार्तिक ११ गते , शुक्रबार
सोमबार पनि सार्वजनिक बिदा, मंगलबारदेखि सरकारी कार्यालय खुल्ने

कात्तिक ७ देखि विदा भएको सरकारी कार्यालयहरु ८ दिनपछि १५ गते मात्र खुल्ने भएका छन् । कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा १३ गतेसम्म रहेकोमा १४ गते १ नं प्रदेश सरकारले विदा दिएको हो ।
कात्तिक ७ गतेदेखि १० गतेसम्म तिहारको विदा रहेको थियो । तर, सरकारले आज शुक्रवार पनि सार्वजनिक बिदा दिएको छ । कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट आज पनि कायम राखिएको हो । सरकारले आज तिहार पर्वकै रुपमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार