२०८३ बैशाख २३ गते , बुधबार
झापामा १० ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ
प्रतिबन्धित लागू औषध ब्राउनसुगरसहित झापा अर्जुनधाराका दुई युवक केर्खाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका- ९ बस्ने २६ वर्षीय अजय माझी र सोही ठाउँका २८ वर्षीय अर्जुन राजवंशी रहेका छन् ।
कमल गाउँपालिका- ३ केर्खामा इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले मे ५ प ९८१८ नम्बरको मोटरसाइकलमा सवार माझी र राजवंशीलाई शङ्का लागेर चेकजाँच गर्दा माझीको साथबाट १० ग्राम ब्राउन सुगर र १६ हजार ८५५ नगद फेला पारेको थियो। मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।