२०८३ भाद्र १२ गते , शुक्रबार

लक्ष्मीपूजामा बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

sajilo news
झापा
२०७९ कार्तिक ८ गते , मंगलबार
लक्ष्मीपूजामा बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

जनकपुरमा लक्ष्मीपूजाका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई किशोरको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीका १९ वर्षीया अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । गम्भीर घाइते भएका मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित समाचार