२०८३ असार १३ गते , शनिबार

युवा नागरिक समाजको बिर्तामोड कमिटी गठन

sajilo news
झापा
२०७९ कार्तिक ६ गते , आईतबार
युवा नागरिक समाजको बिर्तामोड कमिटी गठन

बिर्तामोड । युवा नागरिक समाज झापाले बिर्तामोड नगर कमिटी गठन गरेको छ ।  पुष्पराज प्रसाईँको अध्यक्षतामा  गठित  २१ सदस्यीय नगर कमिटीको वरिष्ठ उपाध्यक्षमा  सरोज खड्का (मिलन), उपाध्यक्ष अमित प्रसाईँ , सचिव  रोजन भेटवाल , सहसचिव शान्ता उप्रेती र कोषाध्यक्षमा  डम्बर बस्नेत रहेका छन् । त्यस्तै सदस्यहरूमा जानुका बानिया , सन्दीप भेटवाल , कमल सिवाकोटी , तारा भट्टराई , खगेन्द्र प्रसाईँ , काजीराम कार्की , कमल भट्टराई, रवि श्रेष्ठ र गुरुप्रसाद ओली रहेका छन् । 

झापाको बिर्तामोडमा शनिवार आयोजित नगर कमिटी  घोषणा कार्यक्रमलाई युवा नागरिक समाजका सल्लाहकार ,समाजसेवी तथा कनकाई फाउन्डेसनका अध्यक्ष जयनारायण ढुङ्गानाले उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि ढुङ्गानाले नवगठित कमिटीका सदस्यहरूलाई अबिर लगाइदिएर सफल कार्यकालको शुभकामना व्यक्त गरे  ।

स्वागत मन्तव्यसहित  समाजको औचित्यमाथि प्रकाश पार्दै उपाध्यक्ष देवी सङ्ग्रौलाले जैविक विकासले मात्रै युवा नहुने भएकाले नवीन सोच र चेतना भएका जोकोहीले युवाको भूमिका निर्वाह गर्न सक्ने बताए । युवालाई परिवर्तनको संवाहक भनिए पनि सीमित व्यक्तिहरूले आफ्नो स्वार्थका निम्ति आफू अनुकूल परिचालन गर्ने संस्कारको विकास हुँदा व्यक्तिको विकास भए पनि देशको विकास हुन नसकेको प्राध्यापक विष्णु पाठकले बताए ।

कार्यक्रममा बोल्दै युवा नागरिक समाज झापाका सदस्य हरि चुडालले  चिन्तन र  चेतनाले जनताको भावनालाई जित्ने, देश र जनतालाई छातीमा राख्ने प्रतिनिधिलाई निर्वाचनमा विजय गराउन युवालाई आग्रह गरे ।  युवा नागरिक समाज झापाले निरन्तर आफ्नो अभियानलाई जारी राख्दै झापाको १५  वटै पालिकामा कमिटी बिस्तार गर्ने योजना रहेको समाजका सहसचिव पुष्प  पाठकले बताए । जिल्ला अध्यक्ष केशवकुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा डा. सुशील कँडेल , जानुका थापा मगर, राजु सिलवाल , प्रकाश सिटौला , इश्वरा कँडेल , सन्देश ओली , मिरादेवी सिटौला , गोपाल मैनालीलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन जिल्ला सचिव नीराजन ओलीले गरेका थिए । 

सम्बन्धित समाचार