२०८३ बैशाख २३ गते , बुधबार

आयुर्वेदका प्रवर्तक धनवन्तरिको जन्मजयन्ती आज

sajilo news
झापा
२०७९ कार्तिक ६ गते , आईतबार
आयुर्वेदका प्रवर्तक धनवन्तरिको जन्मजयन्ती आज

काठमाडौं कार्तिक कृष्ण त्रयोदशी अर्थात् आयुर्वेदका प्रवर्तक धनवन्तरिको जन्मजयन्ती। उनकै जन्मदिन पारेर नेपाल र भारतमा यो दिन आरोग्य दिवस मनाइन्छ।

धनवन्तरिको उत्पत्तिबारे पुराणमा यस्तो सन्दर्भ छ, देवता र दानव मिलेर समुन्द्र मन्थन गरे। यस क्रममा विभिन्न बहुमूल्य वस्तु उत्पत्ति भयो। 

धनधान्यकी देवी लक्ष्मी निस्किन्। हातमा अमृतको घडा लिएर धनवन्तरि निस्किए। उनले बोकेको घडाको अमृत सेवनपछि देवता अमर भए। शल्यशास्त्रमा निपुणलाई धनवन्तरि भनिन्छ। चेला अश्विनीकुमारमार्फत धनवन्तरिले आयुर्वेद विद्या फैलाएको बताइन्छ। कतै कतै धनवन्तरिलाई भगवान् विष्णुकै अवतार पनि मानिएको छ।

नेपालमा सन् १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस नरदेवी स्थापना भएदेखि धन्वन्तरि जयन्ती मनाउन थालिएको हो। आयुर्वेद चिकित्सक संघको पहलमा २०५६ सालदेखि धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको छ। 

सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद क्याम्पस , जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलगायतले विभिन्न कार्यक्रम गर्दैछन्। 

सम्बन्धित समाचार