२०८३ भाद्र १० गते , बुधबार
भद्रपुर नाकाबाट बरामद गरिएको पटाका सशस्त्रद्वारा नष्ट
भद्रपुर । भद्रपुर नाकाबाट नेपाल भित्राइएको प्रतिबन्धित बारुदजन्य पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका प्रहरी निरीक्षक राम घिमिरेको नेतृत्वमा खटिएको टोलीले भद्रपुर- ५ स्थित गणेश मन्दिर नाका नजिकै दोभानबाट करिब ३० हजार मुल्य बराबरको पटाका बरामद गरेको हो ।
बरामद गरिएको जगमग (चकलेट) बमलाई शुक्रबार विओपी भद्रपुरले नष्ट गरेको छ । सशस्त्रले नेपाल प्रहरी, जनप्रतिनिधि र पत्रकारको रोहबरमा पटाका नष्ट गरेको बताइएको छ ।