२०८३ भाद्र १० गते , बुधबार

भद्रपुरमा ब्राउन सुगरसहित एक जना पक्राउ

sajilo news
झापा
२०७९ कार्तिक ४ गते , शुक्रबार
भद्रपुरमा ब्राउन सुगरसहित एक जना पक्राउ

भद्रपुरमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- ८ निवासी २४ वर्षीय आतिस राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो राजवंशीलाई ४ ग्राम ७९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार