कनकाईमा बजार अनुगमन, पसलहरूमा अखाद्य वस्तु फेला
चन्द्र बस्नेत । कनकाई नगरपालिकास्थित सुरुंगामा बजार अनुगमन गर्दा ६ वटा पसलमा व्यापारीहरूले म्याद गुज्रिएका खाद्यवस्तुहरू बिक्री गर्न राखेको भेटिएपछि उक्त खाद्यवस्तुलाई जफत गरी नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा सम्बन्धित सरकारी कार्यालयका प्रमुख, स्थानीय सरकारका प्रतिनिधि र सामाजिक सङ्घ संस्थाहरूका प्रतिनिधि सहितको अनुगमन टोलीले ती पसलहरूमा अनुगमन गर्दा अखाद्य बस्तुहरू फेला परेको थियो ।अनुगमन गरेका पसल हरूमा धेरै म्याद गुज्रिएका, अधिकास पसलमा मापदण्ड विपरीत रहेको पाइएको कनकाई नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।
अनुगमनका क्रममा डिपार्टमेन्ट स्टोर , किराना पसल, होटेल ,औषधि पसल , मासुजन्य पदार्थ, मिष्टान्न भन्डार, फलफूल पसल , कोल्ड सेन्टर , सुनचाँदी पसल एवम् ब्युटी पालर र सैलुन लगायतको अनुगमन गर्दा विभिन्न म्याद गुज्रिएका तथा अखाद्य सामाग्री सङ्कलन गरी नष्ट गरिएको नगरप्रमुख राजेन्द्र कुमार पोख्रेलले जानकारी दिए ।
अनुगमन टोलीले सतासी बहुमुखी सहकारीद्वारा सञ्चालित मार्टबाट म्याद गुज्रिएको २१४ प्याकेट पापड, न्यु चिल्ली रेस्टुरेन्टबाट थुक्पा, जयमाता पाथीभराबाट चिसो पिय पदार्थ र बिस्कुट, कनकाई फलफूल पसलबाट बिस्कुट तथा रसबरी र वुष्ट त्यसैगरी भान्जा स्टोरबाट ५ प्याकेट काजु, प्रमोद स्टोर बाट ४ प्याकेट फ्राई मटर बरामद गरिएको घरेलु तथा साना उद्योग भद्रपुरका प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।
चाडपर्वकै विचमा यस आर्थिक वर्षको पहिलो चरणमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख नारायणप्रसाद भट्टराई, घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख प्रेमप्रसाद सापकोटा, सरकारी कार्यालय साथै स्थानीय निकायका प्रतिनिधि, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेसहित नगरपालिकाका अन्य कर्मचारी, आन्तरिक राजस्व कार्यालय झापाका विशाल काफ्ले कनकाई ३ का वडाअध्यक्ष युवराज चौलागाईं , वडा न ७ का अध्यक्ष भिस्म भूषण सिटौला,वडा न १ का अध्यक्ष सुशील कुमार पोख्रेलका साथै इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख मानबहादुर जिम्बा, कनकाई उद्योग वाणिज्य सङ्घका महासचिव सरोज सिटौलासहित अन्य पदाधिकारी, सञ्चारकर्मी साथै विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको नगरप्रमुख पोख्रेलका सोकिय सचिव विजय पाठकले जानकारी दिए ,
अनुगमन टोली बजार प्रवेश गरेसँगै सुरुङ्गा बजार क्षेत्रका अधिकांश पसलहरू तत्काल बन्द भएका कारण बजार क्षेत्रमा अनुगमनलाई थप तीव्रता दिनु पर्नेमा जोड दिइएको छ । व्यवसायीहरूले पालना गर्नु पर्ने विधि र प्रक्रिया पूरा गरी निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लागाईँले आम व्यवसायीहरूलाई आग्रह गरे । अनुगमन टोलीबाट त्रसित बनेका व्यवसायीहरूलाई वडाअध्यक्ष चम्लागाईँले सहज वातावरणमा व्यवसाय सञ्चालन गर्न अनुरोध गरे ।
विशेष गरी चाडपर्वको बेला धेरै ग्राहकहरू पसलहरूमा किनमेलमा जाने हुँदा सोही भिडभाडको मौका छोपेर व्यापारीहरूले म्याद गुज्रिएका खाद्यवस्तुहरू बिक्री गर्ने गरेको गुनासोहरू धेरै आउने गरेर र बजार अनुगमनलाई तीव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।
अनुगमनका क्रममा डिपार्टमेन्ट स्टोर , किराना पसलमा भेटिएका अखाद्य सामाग्री नष्ट गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए । धेरै जस्तो सामानमा उत्पादन तथा इस्पायड मिति नभएकाले ती सामाग्री नष्ट गरिएको त्यस्तै विभिन्न पसलको नापतौल तलमाथि भए नभएको , पसलमा इजाजत पत्र, सुग्घर सर सफाइ रहे नरहेको ,होटेल तथा मिष्टान्न भण्डारमा खान तयार भएका खाद्य सामाग्री र खाना बनाउने ठाउको समेत अनुगम गरी मापदण्ड विपरीत रहेका सामाग्री नष्ट गरी एक पटक लाई सचेत गराएको र दोश्रोपटक पनि अटेरी गरिएको पाइए कडा कार्बाहि गरिने समितिका संयोजक एवम् झापाका सहायक प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।
सुरुङ्गा बजार बाट सुरु गरिएको अभियान चाडै नै कनकाई नगरका अन्य कनकाई ९ मा रहेको घैलाडुब्बा , ८ को लक्ष्मीपुर बजार त्यस्तै ७ को दुर्गापुरमा पनि चाडै अनुगमन हुने नगरप्रमुख पोख्रेलका सोकिय सचिव पाठकले जानकारी दिए ।