२०८३ भाद्र १० गते , बुधबार

कारागारमा एक कैदीबन्दीको मृत्यु

sajilo news
मोरङ
२०७९ कार्तिक ४ गते , शुक्रबार
कारागारमा एक कैदीबन्दीको मृत्यु

विराटनगरस्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दाका कैदी मोरङको केराबारी गाउँपालिका–१ का ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए। 

उनका अनुसार मुटु तथा पेटको समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहीबार साँझ ५ बजेतिर मृत्यु भएको भगतले जानकारी दिए। 

उच्च रक्तचापको पुरानै समस्या रहेका विकलाई कोसी अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि कोसीले नोबेल रेफर गरेको हो। जबरजस्ती करणी मुद्दामा विकलाई जिल्ला अदालत मोरङले २०७४ चैत ८ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो। 

सम्बन्धित समाचार