२०८३ भाद्र १२ गते , शुक्रबार
झापामा मनाइयो ६७ औं प्रहरी दिवस
जिल्ला प्रहरी कार्यालय झापाले ६७ औं प्रहरी दिवस मनाएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्य तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रमकाबीच यो दिवस मनाइएको हो ।
कार्यक्रममा झापाका जिल्ला न्यायाधिवक्ता प्रकाश गौतम, नेपाल रेडक्रस सोसाइटी, झापाका सभापति लोकराज ढकाल, महिला अधिकार कर्मी रेखा अधिकारी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, लगायतको आतिथ्य रहेको थियो । प्रहरी नायव उपरीक्षक वसन्त पाठकले स्वागत सहित प्रहरी महानिरीक्षकको शुभकामना सन्देश वाचन गरेको कार्यक्रममा अमर प्रहरीहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै अमर प्रहरी परिवारका सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान सम्मान गरिएको थियो ।