२०८३ बैशाख २४ गते , विहीबार

थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

sajilo news
झापा
२०७९ आश्विन ३१ गते , सोमबार
थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २२८७ नमूना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११८३ र एन्टिजेनबाट ११०४ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४० र एन्टिजेनबाट ६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप १७ जना कोरोनामुक्त भएका छन्।  हाल सक्रिय कोरोना संक्रमितको संख्या ७११ पुगेको छ।  

सम्बन्धित समाचार