२०८३ भाद्र ११ गते , विहीबार
भोलि मङ्गलवार देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले भोलि (मङ्गलवार) कार्तिक १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधनको शोकमा सरकारले देशैभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्थाहरू, विदेशी स्थित कूटनीतिक नियोगहरूमा सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झन्डा झुकाउने सरकारले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।शताब्दी पुरुष संस्कृतिविद् जोशीको आइतबार विहान ७ बजेर ९ मिनेटमा १०३ बर्षको उमेरमा निधन भएको थियो ।
