२०८३ बैशाख २४ गते , विहीबार
झापामा एक पुरुषको पिसाब थैलीमा कन्डम भेटिएपछि...
घटना सुन्दा पनि अच्चम लाग्छ, कि पिसाब थैलीमा कन्डम भेटियो । तर वास्तविकता यही हो । झापाको बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालका चिकित्सकले एक पुरुषको पिसाब थैलीबाट कन्डम निकालेको छ ।
३५ वर्षीय पुरुषको पिसाब थैलीबाट शल्यक्रिया गरेर करिब ढुङ्गा बन्न लागिसकेको कन्डम निकालिएको अस्पतालका निर्देशक रोमनी भट्टराईले जानकारी दिए । ती पुरुषको बिहीबार शल्यक्रिया गरिएको थियो । उनको शल्यक्रिया मूत्र रोग विशेषज्ञ डा. सरोजकुमार यादवले गरेका थिए । तर, त्यो कन्डम पुरुषको पिसाब थैलीमा कसरी पस्यो भन्ने कुराले अचम्ममा पारेको डा. यादवले बताए ।