२०८३ भाद्र १२ गते , शुक्रबार

आजको मौसम : मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा

sajilo news
झापा
२०७९ आश्विन २८ गते , शुक्रबार
आजको मौसम : मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा

झापा । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । आज (शुक्रबार) बिहान प्रदेश १ लगायत देशको पहाडी/भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू(भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, देशको पहाडी भू(भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति भने प्रदेश-१ मा आंशिक बदली हुनेछ । साथै बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१ का केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार