२०८३ भाद्र १२ गते , शुक्रबार

झापाका सीमा नाकाबाट भित्रिन थाल्यो पटाका, सशस्त्रद्धारा साढे ७ लाखको पटाका बरामद

sajilo news
पार्थ मण्डल
२०७९ आश्विन २७ गते , विहीबार
झापाका सीमा नाकाबाट भित्रिन थाल्यो पटाका, सशस्त्रद्धारा साढे ७ लाखको पटाका बरामद

झापा । तिहार र छठ पर्व लक्षित गरी नेपालमा प्रतिबन्धित बारुदजन्य पटाका भारतबाट तस्करीको माध्यमबाट भित्रिन थालिसकेको छ । 
यसै क्रममा झापाका सीमा नाकाबाट तस्करीको माध्यमबाट नेपाल भित्राइएको करिब ७ लाख ५० हजार मुल्य बराबरको पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ । 
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा कनकाई नगरपालिका– ५ तुलसीवारिस्थित भित्री सडक खण्डबाट ११ बोरा पटाका बरामद गरेको हो । 
झापा गाउँपालिकाको टाघनडुब्बा नाकाबाट भित्राइएको सो परिमाणको पटाका गाडी हालेर बजारतर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले सोमबार दिउँसो १२ बजे बरामद गरेको जनाइएको छ । 
बरामद गरिएको पटाकाहरूमा झिरझिरे, जगमग, खोर्सानी, अनार, चक्र, रकेट, ३० र ५० साउन्ड बम लगायत रहेको सशस्त्र प्रहरीका एसपी प्रदीपसिंह कार्कीले जानकारी दिए । 
बरामद गरिएको पटाकालाई सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाको परिसरभित्र बुधवार बिहान नष्ट गरिएको छ । सीमा नाकाबाट अवैध रुपमा पटाका लगायतका सरसामान भित्रिन थालेपछि सशस्त्र प्रहरीले सीमा नाकामा उच्च सतर्कता बढाएको एसपी कार्कीको भनाई छ ।    
 

सम्बन्धित समाचार