२०८३ भाद्र १२ गते , शुक्रबार

बाह्रदशी जेसीजलाई जेसीज 'अफ द मन्थ'को अवार्ड 

sajilo news
झापा
२०७९ आश्विन २७ गते , विहीबार
बाह्रदशी जेसीजलाई जेसीज 'अफ द मन्थ'को अवार्ड 

सामाजिक कार्यमा सक्रिय रहँदै आएको बाह्रदशी जेसीज उत्कृष्ट हुँदै जेसीज अफ द मन्थको अवार्ड प्राप्त गरेको छ । स्थापनाको छोटो समयमा सामाजिक क्षेत्रमा प्रभावकारी काम गरेसँगै सेप्टेम्बर महिनाको अवार्ड बाह्रदशी जेसीजलाई प्रदान गरिएको हो । 

नेपाल जेसीजले सार्वजनिक गरेको नतिजा अनुसार एरिया ए का ४२ वटा शाखालाई पछि पार्दै बाह्रदशीले यो अवार्ड प्राप्त गरेको हो । सन २०२१ मा पोखरा महाधिवेशनबाट पूर्ण स्वीकृति प्राप्त गरेको यो शाखा झापाको कान्छो शाखा हो । 

बाह्रदशी गाउँपालिकालाई आफ्नो कार्य क्षेत्र बनाएको यो शाखालाई सुरुङ्गा जेसीजले मातृत्व प्रदान हो । अवार्ड प्राप्त गरेपछि शाखाका अध्यक्ष पुष्पलाल धमलाले शाखाका सबै साथीहरूको साथ सहयोगमा प्राप्त भएको बताएका छन् । उनले यो अभियानमा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । 

बाह्रदशी जेसीजले विपन्न , असहाय नागरिकलाई सहयोग पु¥याउँदै आएको छ भने विभिन्न सामाजिक काममा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।  अझ ,  स्वास्थ्य , विद्यार्थी र बालबालिकाको क्षेत्रमा जेसीले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । 

सम्बन्धित समाचार