२०८३ बैशाख ३० गते , बुधबार

पटाकासहित एक जना पक्राउ 

sajilo news
मोरङ
२०७९ आश्विन २७ गते , विहीबार
पटाकासहित एक जना पक्राउ 

मोरङमा बारुदजन्य पटाकासहित एक जना पक्राउ परेका छन् ।  रङेली नगरपालिका ९ दर्बेसा स्थित भारतबाट अवैध रुपमा प्र १-०२-००२ ह ८७८९ नम्बरको अटोमा किङ कोब्रा नामक ६० बन्डल (३००० प्याकेट) अन्दाजी एक लाख ५० हजार रुपैयाँ बराबरको पटाकासहित अटो चालक सुनवर्षी नगरपालिका-८ हस्नगडी बस्ने ३० वर्षीय जितेन्द्र राजवंशी पक्राउ परेका हुन् ।

अटोभित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले पटाकासहित चालकलाई जिल्ला अदालतबाट विस्फोटक पदार्थ ऐन अन्तर्गत दिन तीन दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार