२०८३ बैशाख २४ गते , विहीबार

झापामा तीव्र गतिमा डेंगु फैलिँदै, १०५ जना संक्रमित, छैन सतर्कता

sajilo news
झापा
२०७९ आश्विन २६ गते , बुधबार
झापामा तीव्र गतिमा डेंगु फैलिँदै, १०५ जना संक्रमित, छैन सतर्कता

तीव्र रुपमा फैलिदैं गएको डेङ्गु सङ्क्रमणबाट झापामा १०५ जना संक्रमित भएका छन् ।स्वास्थ्य कार्यालय झापाले सो तथ्याङ्क निकालेको हो । कार्यालयले डेङ्गु संक्रमणको अवस्थाका बारेमा जिल्ला प्रशासन कार्यालयमा बुधवार एक अध्ययन प्रतिवेदन बुझाएको छ । डेङ्गु सङ्क्रमणबाट स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत शशिकुमार भट्टराई , बिर्तामोड – ३ निवासी निशा छेत्री र अर्जुनधाराका एक जनाको मृत्यु भएको छ । तर, त्यसलाई प्रतिवेदनमा समावेश गरिएको छैन ।

प्रतिवेदनमा डेङ्गु संक्रमण नियन्त्रणका लागि झापाका पालिकाहरूले ठोस कार्यक्रम ल्याउन नसकेको निष्कर्ष निकालिएको स्वास्थ्य कार्यालयका अधिकृत बालकृष्ण भण्डारीले बताए । उनले स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरू आएकाले उनीहरू डेङ्गु संक्रमण नियन्त्रणका लागि त्यति अनुभवी नभएको ठहर गर्दै संक्रमण नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले सहजीकरण गर्ने निर्णय गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार