२०८३ बैशाख ३० गते , बुधबार
शिवसताक्षीका दाहाल सखुवा जातको चिरान काठसहित पक्राउ
अवैध सखुवा जातको चिरान काठसहित एक जना पक्राउ परेका छन् । काठसहित पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका- १ स्थित धरमपुर चोक निवासी खगेन्द्रप्रसाद दाहाल रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले अवैध काठ रहेको विशेष सूचनाको आधारमा गएराति दाहालको घरमा छापा मारेका थिए ।
प्रहरीले उनको घरमा लुकाइछिपाई राखेको ७२ दशमलव ६३ क्यु।वि। चिरान काठ बरामद गरेको थियो । बरामद काठसहित दाहाललाई आवश्यक कारबाहीका लागि जिल्ला डिभिजन बन कार्यालय झापा बुझाइसकेको डीएसपी पाठकले जानकारी दिए ।