२०८३ बैशाख ३० गते , बुधबार

मनि ट्रान्सफरमा पेस्तोल देखाएर डकैती गर्ने झापाका दुईसहित चार जना पक्राउ

sajilo news
झापा
२०७९ आश्विन २५ गते , मंगलबार
मनि ट्रान्सफरमा पेस्तोल देखाएर डकैती गर्ने झापाका दुईसहित चार जना पक्राउ

ताप्लेजुङको फुङलिङ नगरपालिका- ५ वीरेन्द्र चोकस्थित अम्बर श्रेष्ठले सञ्चालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका- २ का २९ वर्षीय राजन पर्तेल, झापा शिवसताक्षी नगरपालिका- १ का २६ वर्षीय चुन बहादुर सुनार, अर्जुनधारा नगरपालिका- १० का २५ वर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका- ५ ताप्लेजुङ घर भई फिदिम- १ पाँचथर बस्दै आएका २७ वर्षीय टाइगर भन्ने गजेन्द्र लिम्बु रहेका छन । 

गत असोज १७ गते बिहान कञ्चन मनि ट्रान्सफरमा चार जनाको समूह पेस्तोल सहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई कुटपिट गरी सेफमा राखेको करिब ३४८ तोला सुनका विभिन्न गरगहनाहरू र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैयाँ डकैत गरी लगेका थिए ।

डाँका समूहको खोजतलासको लागी प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी टोली, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, पाँचथर र इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोलीले खोज तलासको क्रममा संलग्न तीन जनालाई  सुनको विभिन्न गरगहना १४३ तोला र नगद ६ लाख १३ हजार ३ सय ४० रुपैयाँ र एउटा पेस्तोल सहित पक्राउ गरिएको थियो ।  गजेन्द्र लिम्बुलाई असोज २४ गते बेलुका  पाँचथरको फालेलुङ८ स्थितमा लुकीछिपी बसेको स्थानबाट नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनीहरूलाई ताप्लेजुङ जिल्ला अदालतबाट डाँका मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सम्बन्धित समाचार