२०८३ भाद्र १२ गते , शुक्रबार

कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

sajilo news
झापा
२०७९ आश्विन २४ गते , सोमबार
कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मोरङको सुन्दरहरैचा नगरपालिका- ८ मा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ च ५२२० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०२-०२९ प ८१५४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा घाइते भएका मोटरसाइकलमा सवार बेलवारी नगरपालिका २ का ४५ वर्षीय किरण बराइलीको उपचारको क्रममा विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको छ । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । 

सम्बन्धित समाचार