२०८३ बैशाख ३० गते , बुधबार

भद्रपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

sajilo news
झापा
२०७९ आश्विन २३ गते , आईतबार
भद्रपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

भद्रपुर ।  झापाको भद्रपुरबाट लागु औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर- ४ का २० वर्षीय अनिल तामाङ र भद्रपुर- ३ का २० वर्षीय होमन लिम्बु रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूलाई  वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो १ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित भद्रपुर- ४ डाँगीवारिबाट पक्राउ गरेको हो ।लागु औषध सहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालय झापामा राखिएको छ । 

सम्बन्धित समाचार