२०८३ भाद्र १४ गते , आईतबार

झापा- २ बाट प्रदेशसभा सदस्यको उम्मेदवार पुष्पराज पोखरेल

sajilo news
झापा
२०७९ आश्विन २२ गते , शनिबार
झापा- २ बाट प्रदेशसभा सदस्यको उम्मेदवार पुष्पराज पोखरेल

झापा निर्वाचन क्षेत्र नम्बर २ (१) बाट नेकपा (एकीकृत समाजवादी) का तर्फबाट पुष्पराज पोखरेल उम्मेद्वार बन्ने भएका छन् । नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य पोखरेल आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट झापा २ (१) बाट साझा उम्मेद्वार बन्ने भएका हुन् । 

नेता पोखरेल पूर्व सांसद, भद्रपुर नगरपालिकाका पूर्व मेयर तथा हाल नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज समेत हुन् । 

आइतवार (भोलि) गठबन्धनका नेताहरुले अर्जुनधारास्थित शनिश्चरे बजारमा ११ बजे कोण सभा गरेर उम्मेद्वारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको नेकपा (एकीकृत समाजवादी) झापा उपसचिव तथा प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिएका छन् । 

सम्बन्धित समाचार