२०८३ भाद्र १४ गते , आईतबार

निर्वाचनको दिन यातायात पूरै निषेध हुँदैन : आयोग

sajilo news
झापा
२०७९ आश्विन २२ गते , शनिबार
निर्वाचनको दिन यातायात पूरै निषेध हुँदैन : आयोग

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दिन मंसिर ४ गते यातायात सञ्चालन गर्न दिने तयारी गरेको छ। शनिबार पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको दिन व्यवस्थित ढंगले यातायात सञ्चालन गर्न अनुमति दिने तयारी गरेको हो।
उनले भने, ‘निर्वाचन आयोग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, गृह मन्त्रालय रहेको कार्यदल गठन भएको छ। सो कार्यदलले दिएको सुझावका आधारमा आयोगले उक्त दिन व्यवस्थित ढंगले यातायातका साधन चलाउन अनुमति दिन्छ।’

मतदानका दिन सवारी साधन नचल्दा ज्येष्ठ नागरिक, अशक्त व्यक्ति र मतदान केन्द्रबाट टाढा भएका मतदातालाई मतदानस्थलसम्म पुग्न असुविधा भएकोले मापदण्ड अनुसार सवारी चल्न दिइने उनको भनाई छ। थपलियाले भने, ‘विगतमा जस्तो निर्वाचनको दिन हो कि नेपाल बन्दको आह्वानको दिन हो भन्नेजस्ता अभिव्यक्ति सुन्नुपर्ने छैन।’

सम्बन्धित समाचार