२०८३ भाद्र १४ गते , आईतबार

सडक दुर्घटनामा एक महिलाको मृत्यु, ठक्कर दिने सवारीसाधन फरार

sajilo news
सुनसरी
२०७९ आश्विन २२ गते , शनिबार
सडक दुर्घटनामा एक महिलाको मृत्यु, ठक्कर दिने सवारीसाधन फरार

सुनसरीको कोशी गाउँपालिकामा सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्गमा पश्चिमबाट पुर्व आउँदै गरेको सवारीसाधनले राति २ः३० बजे अन्दाजी ५५ वर्षीय महिलालाई गम्भीर घाईते बनाएको थियो । उनलाई उपचारकालागि जिल्ला अस्पताल इनरुवा ल्याउनासाथ बिहान ३ः३० बजे मृत्यु भएको हो । 
ठक्कर दिने सवारीसाधनको कुनै परिचय खुल्न सकेको छैन । ठक्कर दिएर फरार रहेको सवारीबारे खोजी भईरहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । यता मृतक महिलाको समेत परिचय खुल्न नसकेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार