२०८३ भाद्र १४ गते , आईतबार

बाढी पीडितको उद्धारमा खटिएका दुई सशस्त्र प्रहरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

sajilo news
झापा
२०७९ आश्विन २२ गते , शनिबार
बाढी पीडितको उद्धारमा खटिएका दुई सशस्त्र प्रहरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना परी दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु ४० प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमही नगरपालिका–१ का लहानु चौधरी र राप्ती गाउँपालिका– ६ का सुलेश चौधरी रहेका छन् । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए ।

मृतकद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डियुटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार