२०८३ भाद्र १४ गते , आईतबार

भारतीय भूमिमा सशस्त्र प्रहरी मृत फेला

sajilo news
रासस
२०७९ आश्विन २१ गते , शुक्रबार
भारतीय भूमिमा सशस्त्र प्रहरी मृत फेला

सप्तरी । भारतीय भूमिमा सशस्त्र प्रहरीका असई मृत फेला परेका छन् । सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक प्रहरी सहायक निरीक्षक (असई) भारतीय भूमिमा मृत भेटिएका छन्।

सिमावर्ती बिहार राज्यको मधुबनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पंचायत अर्नाहास्थित घोडदह खोलामा असई सत्यनारायण यादव मृत भेटिएका हुन्। सो स्थान नेपाल–भारत सीमाभन्दा करिब ३ किलोमिटर दक्षिणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

उनका अनुसार भारतीय प्रशासनले आवश्यक प्रक्रियापछि शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ।

‘सशस्त्र प्रहरीबाटै पाएको प्रारम्भिक जानकारीअनुसार शरीरमा लुगा नभएको अवस्थामा शव फेला परेको हो। ‘टाउकोमा चोट रहेको बताइए पनि पोष्टमार्टमबाटै मात्रै अन्य कुरा खुल्ने देखिन्छ र हामी भोलीबाट थप अनुसन्धान थाल्छौं,’ सिंहले भने।

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले तत्कालै केही भन्न सकिने अवस्था नरहेको बताए। ‘नेपाल प्रहरीको अनुसन्धानपछि अन्य कुराहरु आउँछ नै’ उनले भने, ‘तत्कालै केही भन्न सकिने अवस्था छैन्।’ सिरहाको भगवानपुर २ घर भएका असई यादव असोज १८ गते नै बिदा लिएका थिए।

सम्बन्धित समाचार