२०८३ भाद्र १४ गते , आईतबार

आज पनि भारी बर्षाको सम्भावना

sajilo news
झापा
२०७९ आश्विन २१ गते , शुक्रबार
आज पनि भारी बर्षाको सम्भावना

हाल नेपालमा मध्य-पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण देशभरि हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनएको छ।

त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका केही,  कर्णाली प्रदेशका थोरै र लुम्बिनी तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र कृषि, पर्यटन, पर्वतारोहणलगायत दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउ महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार