२०८० मंसीर १८ गते , सोमबार

भद्रपुरमा दुर्गा पूजाको तयारी धमाधम 

sajilo news
झापा
२०७९ आश्विन १४ गते , शुक्रबार
भद्रपुरमा दुर्गा पूजाको तयारी धमाधम 

भद्रपुर । भद्रपुरमा दुर्गा पूजाको तयारी धमाधम भइरहेको छ । भद्रपुर- ६ बंगाली टोलस्थित राधाकृष्ण मन्दिर परिसरमा बंगली युवा क्लबले २४ औं दुर्गा पूजाको तयारी तीव्र पारेको हो । विगत भन्दा यस वर्ष दुर्गा पूजालाई भव्य र सभ्य बनाउन लागि परेको पूजा समितिका सदस्य निर्मल घोषले जानकारी दिए ।

'अहिले पण्डाल र लाइटिङको काम धमाधम हुँदैछ,' उनले भने, 'भोलिसम्म सम्पूर्ण तयारी पूरा हुनेछ ।' पूजा सम्पन्न गर्न अनुमानित ४ लाख बढी खर्च हुने आयोजक समितिका सदस्य सागर मण्डलले जानकारी दिए । पूजा सम्पन्न गराउन क्लबका सदस्यहरूसहित विभिन्न दाता, भद्रपुर नगरपालिका, सङ्घसंस्थाबाट सहयोग जुटाउने कार्य भइरहेको उनको भनाई छ । दुर्गा भगवानको मूर्ति स्थानीय दाता दीपक साफीले दिने जनाइएको छ । 

दिनप्रतिदिन भद्रपुर बजार खस्किँदै गइरहेको बताउँदै आयोजक समितिका संयोजक अमूल्य मण्डलले भने, 'दुर्गा मन्दिरबाहेक अन्य ठाउँमा भक्तजनहरूको जमघट हुने ठाउँ नहुँदा यस पूजाले थप रौनक प्रदान गर्नेछ ।' षष्ठीदेखि विजयादशमीसम्म प्रत्येक वर्ष झैँ यसबर्ष पनि भिडभाड हुने उनको भनाई छ । 

सम्बन्धित समाचार