२०८३ बैशाख ३ गते , विहीबार
नवरात्रको पाँचौँ दिन, आज स्कन्दमाताको पूजा आराधना गरिँदै
नवरात्रको पाँचौँ दिन शुक्रबार स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार ९कुमार०की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ।
गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ।
नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्।
पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ। तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपा भगवतीको आराधनाको विशेष महत्त्व बताइएको छ।