२०८३ भाद्र १४ गते , आईतबार

पत्रकार महासंघ झापाको झन्डा लिएर जोशी हिमाल आरोहणमा

sajilo news
झापा
२०७९ आश्विन १३ गते , विहीबार
पत्रकार महासंघ झापाको झन्डा लिएर जोशी हिमाल आरोहणमा

झापाका फोटो पत्रकार शरद जोशीले नेपाल पत्रकार महासंघको झन्डा लिएर हिमलुङ हिमाल आरोहण गर्ने भएका छन् । हिमाल आरोहणका लागि उनी बिहीबार मनाङतर्फ प्रस्थान गर्ने छन् ।

पत्रकार महासंघ झापाले आज बुधवार बिर्तामोडमा एक कार्यक्रमकाबीच फोटो पत्रकार जोशीलाई महासंघको झन्डा हस्तान्तरण ग¥यो । महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्व अध्यक्षहरू गोविन्द चन्द क्षेत्री र कृष्ण हुमागाईँले जोशीलाई महासंघको झन्डा र नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरे ।

कार्यक्रममा उनलाई खादा पहि¥याएर हिमाल आरोहण  सफलताको शुभकामनासमेत दिइयो । अध्यक्षको गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरू क्षेत्री र हुमागाईँले शुभकामना मन्तव्य राखेका थिए । फोटो पत्रकार जोशीले हिमाल आरोहणका लागि पत्रकार महासंघबाट आफूलाई उत्साह र ऊर्जा प्राप्त भएको बताए । तीन इजरायली, एक भारतीयसहित फोटो पत्रकार जोशी उक्त हिमाल आरोहणका लागि प्रस्थान गर्न लागेका हुन् । मनाङको हिमलुङ हिमाल ७१२६ मिटर उचाइको रहेको छ ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतम, पत्रकार महासंघ प्रदेश १ का कार्यसमिति सदस्य सुरेन्द्र भण्डारी, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, प्रेस सेन्टर झापाका सचिव उद्धव पुरी, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईँ लगायतको आतिथ्य रहेको थियो ।  उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

सन् २०१४ बाट हिमाल आरोहण सुरु गरेका जोशीले २०७६ मिटर उचाइको मेरा पिक हिमाल, तिलिचो लेक, अन्नपूर्ण वेश क्याम्प, मादि हिमाल बेस क्याम्प, थोराङ्ला पास हिमाल आरोहणको अनुभव संगालेका छन् ।

जोशी फोटो पत्रकारितासँगै सामाजिक र व्यावसायिक क्षेत्रमा सक्रिय छन् । उनी नेपाल फोटो पत्रकार महासंघ झापाका कोषाध्यक्ष, रोटरी क्लब अफ बिर्तामोड मिट टाउनका सचिव, बिर्तामोड राउण्डटेव – २७ का सदस्य , रोट्रयाक क्लब अफ बिर्तामोड मिटटाउनका चार्टर प्रेसिडेन्ट, डिजनीप्ले स्कुलका प्रिन्सिपल हुन् ।

सम्बन्धित समाचार