२०८३ बैशाख ३ गते , विहीबार

अर्जुनधाराको कालीस्थानमा जलाशययुक्त शिव प्रतिमा

sajilo news
झापा
२०७९ आश्विन १३ गते , विहीबार
अर्जुनधाराको कालीस्थानमा जलाशययुक्त शिव प्रतिमा

कालीस्थान । अर्जुनधारा नगरपालिका–९ कालीस्थान चोकनजिकै रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र कालिकापीठ कालीस्थानमा नवनिर्मित जलाशययुक्त शिवप्रतिमाको बुधवार आयोजित एक कार्यक्रमका बीच अनावरण गरिएको छ ।
बिर्तामोडका प्रतिष्ठित व्यवसायी एवं सामाजिक÷धार्मिक व्यक्तित्व छविलदास वंशलले निर्माण गरिदिनुभएको पानीको फोहोरासहितको जलाशययुक्त शिवप्रतिमाको कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन, निर्माणकर्ता वंशल एवं पीठका अध्यक्ष ज्योतिषी पण्डित लक्ष्मीप्रसाद पोखरेलले संयुक्त रुपमा अनावरण गरेका थिए । 
शिवप्रतिमा अनावरण कार्यक्रमका बीच निर्माणकर्ता छविलदास वंशललाई सम्मान पत्र, दोसल्ला र टोपी पहिराएर सम्मान गरिएको थियो । सम्मानपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोम्देनले धर्मपालनाले मानिसलाई अनुशासित बनाउने र अनुशासनले  मात्रै व्यक्तिलाई गन्तव्यसम्म पुर्‍याउने बताए ।
राजनीतिको नेतृत्व गर्ने व्यक्तिहरूमा पनि धर्म र अनुशासनको कमी रहेको बताउँदै उहाँले धर्मप्रति आस्था वान मानिसले नीतिगत एवं आर्थिक भ्रष्टाचार नगर्ने धारणा राखे ।
कार्यक्रममा कालिकापीठ कालीस्थानका प्राचार्य आचार्य रघुनाथ रिजाल, दानदाता परिवारका तर्फबाट सुरेश बंशल, अर्जुनधारा नगरपालिका वडा नं–९ का वडाध्यक्ष भीष्म मिश्र, वडा नं–१० का वडाध्यक्ष भूपेन्द्र न्यौपाने, लगायतले मन्तव्य राख्दै धर्मप्रतिको आस्था, विश्वास र श्रद्धाले मानिस सफल हुने विश्वास व्यक्त गरे । आफूले गरेको सामाजिक काम, दानदातब्य र सत्कर्मले मात्रै मृत्युपश्चात् पनि आफूलाई जीवित राख्ने धारणा राख्दै वक्ताहरूले पीठको विकासका सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । 
कालिकापीठका अध्यक्ष ज्यो।पं। लक्ष्मीप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष डिल्लीराम दाहाल र सञ्चालन इन्दु पूर्वेलीले गरेकी पीठका सचिव भोलानाथ पोखरेलले जानकारी दिए । 

सम्बन्धित समाचार