२०८३ भाद्र १४ गते , आईतबार

काँकडभिट्टामा भारतीय नम्बर प्लेटका गाडीलाई ‘सुविधा पास’, भद्रपुरमा छैन 

sajilo news
झापा
२०७९ आश्विन १० गते , सोमबार
काँकडभिट्टामा भारतीय नम्बर प्लेटका गाडीलाई ‘सुविधा पास’, भद्रपुरमा छैन 

आजदेखि पूर्वी नाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ । मेची भन्सार कार्यालयले नजिकको धुलावारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको हो । 
कोरोना महामारीपछि तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतबार सूचना जारी गरेरै असोज १० गतेदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई ‘सुविधा पास’ दिइने जानकारी गराएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले मेची उद्योग वाणिज्य सङ्घ र पर्यटन व्यवसायसँग आबद्ध सङ्घसंस्थाले सीमा नजिकको बजारसम्म भारतीय सवारीसाधनलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएको बताए ।

मेची उद्योग वाणिज्य सङ्घले मेची भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग दोहोर्याएको थियो । यता भद्रपुर नाकाबाट आउजाउ गर्ने भारतीय नम्बर प्लेटका सवारी साधनलाई भद्रपुर भन्सार कार्यालयले अझै निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराएको छैन । यहाँका उद्योगी व्यवसायीले भन्सार कार्यालयलाई पटक पटक  ‘सुविधा पास’ का लागि लिखित रुपमा ध्यानाकर्षण गराउँदा समेत भन्सारले यसतर्फ खासै चासो नदेखाएको हो ।

सम्बन्धित समाचार