२०८३ बैशाख २१ गते , सोमबार

ब्ल्याकमेलपछि शिक्षकको हत्या गर्ने २२ वर्षीया युवती पक्राउ

sajilo news
झापा
२०७९ आश्विन १० गते , सोमबार
ब्ल्याकमेलपछि शिक्षकको हत्या गर्ने २२ वर्षीया युवती पक्राउ

ओखलढुङ्गाको चिशंखुगढी- ४ मा हत्या गरिएका शिक्षक दीपककुमार ठाकुरको हत्या आरोपी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-८ सल्लेरीकी २२ वर्षीया छलमाया धमला रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्का डिएसपी सुकदेव खनालका अनुसार ठाकुरसँग प्रेम सम्बन्धमा रहेकी धमलाले असोज ६ गते राति ठाकुरको हत्या गरेर फरार रहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

विष्णुपुर गाउँपालिका-५, सप्तरी स्थायी घर भएका शिक्षक ठाकुर लामो समयदेखि ओखलढुङ्गामा शिक्षण पेसामा कार्यरत थिए । हाल चिशंखुगढी गाउँपालिका ४ मा रहेको कालिका आधारभूत विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक ठाकुर सोही स्थानमा भै कुमार राईको घरमा डेरामा बस्ने गरेका थिए ।

सम्बन्धित समाचार