२०८३ बैशाख १५ गते , मंगलबार

अस्ट्रेलियालाई हराउँदै भारतले जित्यो सिरिज

sajilo news
झापा
२०७९ आश्विन १० गते , सोमबार
अस्ट्रेलियालाई हराउँदै भारतले जित्यो सिरिज

भारत र अस्ट्रेलियाबिच जारी तीन खेलको टी-२० सिरिज घरेलु टोली भारतले ३-१ ले कब्जा गरेको छ। आइतबार राति हैदराबादमा भएको खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै ९ वर्षपछि घरेलु मैदानमा सिरिज जितेको हो।

भारतको जितमा सूर्यकुमार यादव र विराट कोहलीले विष्फोटक ब्याटिङ गर्दै टिमको जित निश्चित गरेका थिए। घरेलु मैदानमा भारतले अस्ट्रेलियालाई २०१३ पछि पहिलो पटक हराएको हो।

खेलमा अस्ट्रेलियाले टस हारेर पहिलो ब्याटिङ गर्दै १ सय ८६ रन  बनाएको थियो। जवाफमा उक्त लक्ष्य भारतले १ बल बाँकी हुँदा ४ विकेट गुमाएर पुरा गर्‍यो। भारतको जितमा  सूर्यकुमार यादवले ३६ बलमा ६९ रन बनाउँदा विराट कोहलीले ४८ बलमा ६३ रन बनाए। त्यस्तै हार्दीक पाण्ड्य २५ रनमा नटआउट रहँदा कप्तान रोहित शर्माले १७ रन बनाएका थिए। अस्ट्रेलियाका लागि डेनियल सम्सले २ विकेट लिँदा जोस ह्याजलवुड र प्याट कमिन्सले १-१ विकेट लिएका थिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले ५२ रन बनाउँदा टिम डेभिडले ५४ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै ड्यानियल सम्सले २८ रन बनाएका थिए। भारतका लागि अक्षर पटेलले ३ विकेट लिए भने भवनेश्वर कुमार, युजभेन्द्र चाहल, हर्षल पटेलले समान १-१ विकेट लिएका थिए।

सम्बन्धित समाचार