२०८३ भाद्र १४ गते , आईतबार

सन्दीप लामिछानेले भने – म आइसोलेसनमा छु, चाँडै नेपाल फर्किन्छु

sajilo news
झापा
२०७९ आश्विन ९ गते , आईतबार
सन्दीप लामिछानेले भने – म आइसोलेसनमा छु, चाँडै नेपाल फर्किन्छु

नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल फर्किने बताएका छन् ।उनले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘मानसिक तनाव र स्वास्थ्य खराबीका कारण आइसोलेसनमा बसेको छु। र, म चाँडै नेपाल फर्किने छु।’

सम्बन्धित समाचार