२०८३ भाद्र १४ गते , आईतबार

सेना परिचालनका लागि राष्ट्रपतिले दिइन् स्वीकृति

sajilo news
झापा
२०७९ आश्विन ९ गते , आईतबार
सेना परिचालनका लागि राष्ट्रपतिले दिइन् स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति दिएकी छन् । राष्ट्रपति भण्डारीले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी हुन्।

राष्ट्रिय सुरक्षा परिषद्को १७ भदौको सिफारिस र २७ भदौको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार राष्ट‍्रपतिले सेना परिचालनको स्वीकृति दिएकी हुन्। नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले सेना परिचालनको लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार