२०८३ भाद्र १४ गते , आईतबार

चारआली जंगलमा एमाले नेता पोखरेल मृत फेला

sajilo news
पार्थ मण्डल
२०७९ आश्विन ९ गते , आईतबार
चारआली जंगलमा एमाले नेता पोखरेल मृत फेला

झापा झापाको मेचीनगर नगरपालिका१२ स्थित कालिझोडा नजिकैको चारआली जंगलमा एक जना मृत अवस्थामा फेला परेको

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- निवासी ५४ वर्षीय देवीप्रसाद पोखरेल रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए

मृतक पोखरेल नेकपा (एमाले)का जिल्ला सल्लाहकार हुन् उनी नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुशीला सङ्ग्रौलाका श्रीमान् हुन्

प्रहरीका अनुसार जंगलमा उनको शव घोप्टो परेको अवस्थामा फेला परेको हो मृतले बोकेको कालो रङ्गको ब्याग छेउमै । 'अहिलेसम्मको प्रारम्भिक अनुसन्धानले हत्या नभई उनले आत्महत्या गरेको देखिन्छ,' डीएसपी पाठकले भने,  शरीरमा कुनै चोटपटक छैन, शव नजिकै विषको बट्टा भेटिएको ।'

शवबाट विषको गन्ध पनि आइरहेको उनले बताए यता प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाएको र पोस्टमार्टमपछि परिवारजनले शव जिम्मा लिइसकेको छ ।

पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको बारेमा खुल्ने उनले बताए उनी इलाम जाने भनेर दिनअघि घरबाट निस्किएको परिवारजन बताउँछन्

उनको आइतबार अपराह्न बजे कनकाई माईमा अन्त्येष्टि गरिने नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले जानकारी दिए  

सम्बन्धित समाचार