२०८३ भाद्र १४ गते , आईतबार

प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा बनाउन डीआइजी गिरीले दिए निर्देशन

sajilo news
झापा
२०७९ आश्विन ७ गते , शुक्रबार
प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा बनाउन डीआइजी गिरीले दिए निर्देशन

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) सुदिप गिरीले १४ वटा जिल्लाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था मजवुद बनाउन निर्देशन दिएका छन ।

शुक्रबार भिडियो कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरूलाई आम नागरिकहरूलाई सुरक्षाको अनुभूति हुने गरी दसैँ, तिहार तथा छठ पर्वमा विशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजवुद बनाउन निर्देशन दिएका हुन ।

उनले बस पार्कहरूमा यात्रुहरूको बढी चाप हुने हुँदा समयमै यात्रु सहायता कक्षको स्थापना गर्ने, लामो दुरीको सवारी साधनहरूमा २ जना सवारी चालक राख्नु पर्ने नियम कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिए । त्यस्तै

मापसे चेकिङ, ट्राफिक सहित संयुक्त चेकिङ र गस्ती पेट्रोलिङ बढाएर कडाइका साथ चेकजाँच गर्न र बसपार्क तथा बसमा रहेका यात्रुहरूलाई यात्रा सुरक्षित बनाउन जनचेतनामूलक प्रशिक्षण समेत सञ्चालन गर्दै सुरक्षामा खटिन उनले निर्देशन दिएका छन् ।

सम्बन्धित समाचार