२०८३ भाद्र १४ गते , आईतबार

भद्रपुरमा राष्ट्रिय मानव अधिकार मञ्च कार्यालयको स्थापना

sajilo news
रेवतीराज घिमिरे
२०७९ आश्विन ७ गते , शुक्रबार
भद्रपुरमा राष्ट्रिय मानव अधिकार मञ्च कार्यालयको स्थापना

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा राष्ट्रिय मानव अधिकार मञ्च कार्यालयको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।  भद्रपुरस्थित चन्द्रगढीको लेखनाथ चोकमा स्थापना गरिएको सो कार्यालयको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले उद्घाटन गरेका हुन् ।

भद्रपुर- १० नम्बर वडा कार्यालयमा शुक्रवार आयोजित उद्घाटनमा कार्यक्रममा बोल्दै  प्रमुख  अतिथि समेत रहेका प्रजिअ रिजालले देशमा मानव  अधिकारको पूर्ण रूपले बहाली गराउन सके मुलुकमा परिवर्तन आउने बताए । 

गरिबिका कारण देशमा मानव अधिकारका घटनाहरू घट्ने गरेको भन्दै उनले भने, 'विभिन्न सङ्घसंस्थाहरूले  प्रशासनसँग हातेमालो गरेर अघि बढ्नु पर्छ ।' 

कार्यक्रममा मञ्चका झापा संयोजक दुर्गाप्रसाद पाठकले कार्य क्षेत्रका बारेमा  प्रकाश पारेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापा एसपी विश्वमणि पोखरेल, समाजसेवी गोविन्द लम्साल, मञ्चका केन्द्रीय संयोजक गोपालप्रसाद घिमिरे लगायतले बोल्दै मानव अधिकार हनन हुन नदिन सबै सङ्घसंस्था एक भएर लाग्नु पर्नेमा जोड दिएका छन् । 

मञ्च झापाका अध्यक्ष गणेशप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विष्णु काफ्लेले राखेको कार्यक्रमको सञ्चालन खड्गबहादुर बुढाथोकीले गरेका थिए । 

सम्बन्धित समाचार