२०८३ भाद्र १४ गते , आईतबार
सशस्त्रका डिआइजी बंशीराज दाहाल एआइजी पदमा बढुवाका लागि सिफारिस
सशस्त्र प्रहरीका डिआइजी बंशीराज दाहाल एआइजी पदमा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिका सदस्य सचिव, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले दाहाललाई एआइजीमा बढुवा सिफारिस गरिएको उल्लेख गरेका छन्।
गृह मन्त्रालयले बढुवा सिफारिस चित्त नबुझे सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूले सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिमा उजुरी दिन सक्ने पनि उल्लेख गरिएको छ।