२०८३ भाद्र १४ गते , आईतबार
बिर्तामोडमा करेला टिप्ने क्रममा लडेर एक महिलाको मृत्यु
झापा । घरको बरन्डामा रापेको करेला टिप्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ५ निवासी ६२ बर्षीया मधु शर्मा आचार्य रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।
प्रहरीका अनुसार घरको चार तलमाथि बरन्डामा रोपिएको करेला टिप्न खोज्दा लडेर घाइते भएकी उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लैजाने क्रममा बाटै मृत्यु भएको थियो ।