२०८३ बैशाख २४ गते , विहीबार

प्रजातान्त्रिक युवक सङ्गठन भद्रपुरद्वारा ५३ पिन्ट रगत सङ्कलन

sajilo news
झापा
२०७९ आश्विन ५ गते , बुधबार
प्रजातान्त्रिक युवक सङ्गठन भद्रपुरद्वारा ५३ पिन्ट रगत सङ्कलन

भद्रपुर । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन भद्रपुर नगर समितिले वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  झापा लगायतका पूर्वका रक्त सञ्चार सेवा केन्द्रहरूमा रगत अभाव देखिएसँगै प्रजातान्त्रिक युवक सङ्गठनले भद्रपुर ५ स्थित कामेश्वर कम्प्लेक्स बुधवार आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रगत दिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा गरिएको रक्तदानको उद्घाटन राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनका जिल्ला अध्यक्ष राजकुमार राईले गरेका थिए । प्रजातान्त्रिक युवक सङ्गठन नगर अध्यक्ष निर्मल डंगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रम भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की लगायतका सङ्गठनमा आबद्ध पदाधिकारी, पार्टी सदस्यसहित सर्वसाधारणको समेत उपस्थिति रहेको थियो । 
 

सम्बन्धित समाचार