२०८३ बैशाख २४ गते , विहीबार

झापाको दक्षिणी नाकाबाट प्रतिबन्धित औषधि तस्करी, सशस्त्रद्वारा दुई लाख मुल्य बढीको औषधि बरामद

sajilo news
झापा
२०७९ आश्विन ४ गते , मंगलबार
झापाको दक्षिणी नाकाबाट प्रतिबन्धित औषधि तस्करी, सशस्त्रद्वारा दुई लाख मुल्य बढीको औषधि बरामद

नेपालमा प्रतिबन्धित दुई लाख मुल्य बढीको औषधि सशस्त्र प्रहरीले बरामद गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट घेरावारिका सशस्त्र प्रहरी निरीक्षक दिवस न्यौपानेको नेतृत्वमा खटिएको टोलीले कचनकवल–१ स्थित रबड बगानबाट दुई लाख ६ हजार ७८ मुल्य बराबरको औषधि बरामद गरेको हो । 
भारतबाट तस्करीको माध्यमबाट नेपाल भित्राइएको भारतीय विभिन्न ब्रान्डका एलोपेथिक तथा आयुर्वेदिक औषधि सशस्त्रले बेवारिसे अवस्थामा बरामद गरेको जनाइएको छ । 
सशस्त्रले ट्रामडोल हड्रोक्लोराइड २६८० पत्ता, महालक्ष्मी सिरप ६ वटा, तुलसी सिरप ३ वटा, ड्यारुबथट लोकेसन ६ वटा, आजमो–टी ट्याब्लेट ६ वटा, महालक्ष्मी मास्टर तेल १० वटा, आयुर्वेदिक तेल १० वटा, विदुत बाम भिक्स २४ वटा बरामद गरेको हो । बरामद गरिएको औषधि नेपालमा दर्ता छैन । दर्ता नभएकोले सो औषधि तस्करीको माध्यमबाट नेपाली बजार भित्राउन खोजिएको औषधि व्यवसायीको भनाई छ । बरामद गरिएको औषधिलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइसकेको सशस्त्र प्रहरीले जनाएको छ ।  

सम्बन्धित समाचार